
काठमाडौं महानगरपालिकाले एक सुचना जारी गर्दै कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले दुई प्रकारको फोहोर संकलनका लागि बेग्लाबेग्लै दिन गाडी पठाइने जनाएको छ ।
साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउनुपर्ने बताएको छ । घरमा नै फोहोर कुहिने र नकुहिने नछुट्याए त्यस्ता फोहोर नउठाउने पनि महानगरले जनाएको छ ।
कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेमा प्रत्येक पटक पाँच सयका दरले जरिवाना हुने पनि महानगरको वातावरण तथा कृषि विभागले जानकारी दिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे