
काठमाडौँ , ४ माघ । कमलपोखरी स्थित एक शान्दार म:म पसलमा ग्यास विस्फोट हुँदा घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ। गत माघ २४ गते बिहान भएको विस्फोटमा १४ जना घाइते भएका थिए। मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्कका २५ वर्षीय छिरिङ लामा रहेका छन्, जो हाल काठमाडौं कमलपोखरीमा बस्दै थिए, काठमाडौं जिल्ला परिसरले जनाएको छ।
यसअघि, उदयपुरका २२ वर्षीय प्रदीप तामाङ, मकवानपुरका १८ वर्षीय रबिन राई, र उदयपुरका २५ वर्षीय भीम बहादुर घले मगरको पनि ग्यास सिलिन्डर विस्फोटमा मृत्यु भएको थियो। यससँगै, ग्यास विस्फोटबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ। अन्य घाइतेहरूको उपचार कीर्तिपुर स्थित बर्न अस्पतालमा जारी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे