
काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री सुशीला कार्कीलाई देश विधिको शासनअनुसार चलाउन आग्रह गरेका छन्।
उनले सरकार कसैको दबाबमा नचलाउन सुझाव दिँदै भने, “प्रधानमन्त्रीज्यू, देश विधिको शासनमा चलाउनुहोस्, आन्दोलनको म्यान्डेट नबिर्सिनुहोस् र शहीद, घाइते तथा पीडितलाई न्याय दिनुहोस्।”
शाहीका अनुसार नेपाल सबै नागरिकको साझा देश हो, कुनै एक व्यक्ति वा समूहको मात्रै होइन। उनले प्रधानमन्त्रीलाई विदेशी राजदूतावास वा बाह्य दबाबमा प्रभावित नहुने र स्वतन्त्र रूपमा न्यायिक प्रक्रिया र कानूनी व्यवस्थाअनुसार सरकार सञ्चालन गर्न आग्रह गरेका हुन्।
उनले सरकारले जनताको विश्वास जित्न कानूनी शासन र निष्पक्ष न्यायलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे