
काठमाडौं — रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल आज बिहान करिब ३ बजे आएको अचानक बाढीले बगाएको छ। त्यहाँ भन्सार क्षेत्रमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । बाढीले सयौंको सङ्ख्यामा रहेका विद्युतीय (EV) गाडीहरू पनि बगाएको अनुमान गरिएको छ।
स्याफ्रुबेसीतर्फ जाने सडकसँगै जलविद्युत आयोजनाका संरचनाहरूमा समेत क्षति पुगेको खबर आएको छ। जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले त्रिशूली नदीको माथिल्लो क्षेत्रमा अति भारी वर्षा भएकाले नदीको दुवैतर्फको किनारमा पानीको बहाव उच्च हुन सक्ने भन्दै सतर्क रहन अनुरोध गरेका छन्।
हालसम्मको क्षतिको विस्तृत विवरण आउन बाँकी छ। प्रशासनले त्रिशूली नदी किनारका बासिन्दालाई आवश्यक सावधानी अपनाउन आह्वान गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे