
काठमाडौँ – अमेरिकाको फिलाडेल्फियामा एउटा सानो मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। मेक्सिकोको तिजुआना जान लागेको उक्त विमान उडान भरेको केही समयमै दुर्घटनामा परेको हो। विमानले जमिनमा खस्दा निजी भवनहरूमा ठोक्किएर आगलागी भएको थियो।
मृत्यु हुनेमा एक बालिका, उनकी आमा, दुई चिकित्सक, दुई चालक दलका सदस्य र एकजना सडकमा हिँडिरहेका नागरिक रहेका छन्। यस दुर्घटनामा १९ जना सर्वसाधारण घाइते भएका छन्।
फिलाडेल्फियाका प्रबन्ध निर्देशक एडम थिएलले घटनालाई निकै दुखद रुपमा लिएका छन् र घाइतेहरूको अवस्था गम्भीर रहेको बताएका छन्, जसको कारण मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
बालिका उपचारका लागि लामो समयपछि तिजुआनामा आयोजना गर्न लागिएको समारोहमा भाग लिन जाँदै गरेको चिकित्सकहरूको टोलीसहित उक्त विमान दुर्घटनामा परेको हो।गत बुधबार मात्रै अमेरिकाको वाशिङ्टन डिसीमा सैनिक हेलिकोप्टर र यात्रुवाहक विमान ठोक्किएर दुर्घटना हुँदा कम्तिमा ६७ जनाको मृत्यु भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे