
काठमाडौँ। वरिष्ठ कलाकार सुनिल थापाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। पारिवारिक सदस्य, आफन्त, इष्टमित्र तथा शुभेच्छुकहरूको उपस्थितिमा हिन्दु परम्पराअनुसार उहाँको दाहसंस्कार सम्पन्न गरिएको हो।
अन्त्येष्टिका क्रममा कला, संस्कृति तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उपस्थितहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। अन्त्येष्टि समारोहमा परिवारजन भावुक देखिन्थे भने समग्र वातावरण शोकमय बनेको थियो।
वरिष्ठ कलाकार थापाको निधनप्रति कला क्षेत्रसहित विभिन्न क्षेत्रबाट गहिरो दुःख व्यक्त गरिएको छ। सामाजिक सञ्जालमार्फत पनि कलाकार, शुभेच्छुक तथा प्रशंसकहरूले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।
शनिबार हृदयाघातका कारण निधन भएका थापाको असामयिक अवसानले परिवार, आफन्त र चिनेजानेका मात्र होइन, समग्र नेपाली चलचित्र क्षेत्रलाई नै शोकमा डुबाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे