
काठमाडौँ ,साउन १४ । आज नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार चार सय रूपैयाँ कायम रहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँमा कारोबार भएको थियो। आज छापावाल सुन प्रतितोला चार सय रूपैयाँ बढेको हो। त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ।
हिजो प्रतितोला एक हजार सात सय ४० रूपैयाँ रहेकोमा आज १० रूपैयाँ बढेर चाँदी प्रतितोला एक हजार सात सय ५० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे