
काठमाडौ । नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनालले एमाले छाडेका छन् । उनले आफू कुनैपनि पार्टीमा आवद्ध नरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’
उनी २०७९ को असोजमा एमाले प्रवेश गरेका थिए । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट खनालले काठमाडौं क्षेत्र नम्बर ६ मा उम्मेदवार दिएका थिए तर रास्वपाका शिशिर खनालसँग पराजित भएका थिए ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे