
काठमाडौँ, फागुन २१ । सर्वोत्तम सिमेन्टको आइपीओ शुक्रबार ९फागुन २५ गते० बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सर्वोत्तम सिमेन्ट कम्पनीको अनुरोधमा आइपीओ बाँडफाँड गर्ने समय १ दिन पर सारिएको हो ।
सर्वोत्तम सिमेन्टको प्री–अलोटमेन्ट फागुन २० गते सम्पन्न भएको थियो ।
सीडीएसका अनुसार यसमा अन्तिम दिन फागुन १६ गते साँझसम्ममा १० लाख १२ हजार ३८४ जनाले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका हुन्। जुन मागभन्दा १९।३२ गुणा बढी आवेदन हो ।
यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ । यस अनुसार यो कम्पनीको शेयर ५५ हजार ५२१ जनाले पाउनेछन् । बाँकी साढे ९ लाख भन्दा धेरैले शेयर नपाउने भएका हुन् ।
कम्पनीले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि गतेसम्म कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे