
काठमाडौं । बैंकिङ्ग क्षेत्रको स्थायित्व र समृद्धिमा योगदान पुर्याउँदै आएको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड ले आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० (२०८१/८२) मा नाफा, आय, पुँजी तथा कोषमा सन्तोषजनक वृद्धि गर्न सफल भएको छ।
बैंकले समीक्षा वर्षमा ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष सो नाफा ५० करोड ४२ लाख ८० हजार रुपैयाँ थियो। यस्तै, बैंकको सञ्चालन नाफा १० प्रतिशतले वृद्धि भई ७७ करोड ४२ लाख रुपैयाँ पुगेको छ।
तर, खुद ब्याज आम्दानी १.३६ प्रतिशतले घटेर १ अर्ब ८८ करोड ९ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यो रकम १ अर्ब ९० करोड ६८ लाख रुपैयाँ थियो। यद्यपि, कुल सञ्चालन आम्दानी भने ३.३९ प्रतिशतले बढेर २ अर्ब २७ करोड २० लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा उल्लेखनीय रुपमा २१३.८१ प्रतिशतले वृद्धि भई ४१ करोड ३८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १३ करोड १८ लाख रुपैयाँ मात्र थियो। उक्त वितरणयोग्य नाफाका आधारमा बैंकले ११.६४ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ।
त्यस्तै, बैंकको चुक्ता पुँजी ३.६५ प्रतिशतले बढेर ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष २९.९३ प्रतिशतले वृद्धि भई २ अर्ब १ करोड ६८ लाख रुपैयाँ पुगेको छ।
बैंकको निक्षेप संकलन १.१९ प्रतिशत वृद्धि भई ५४ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ पुगेको छ। यस्तै, कर्जा लगानी २.९५ प्रतिशतले बढेर ४३ अर्ब २ करोड १४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो क्रमशः ५४ अर्ब २ करोड ८१ लाख र ४१ अर्ब ७८ करोड ६९ लाख रुपैयाँ थियो।
बैंकको प्रतिशेयर आम्दानी (EPS) ०.४० रुपैयाँले वृद्धि भई १५.१० रुपैयाँ पुगेको छ। यस्तै, मूल्य–आम्दानी अनुपात (P/E Ratio) ३०.६५ गुणा र प्रतिशेयर नेटवर्थ १५६.७१ रुपैयाँ रहेको छ।
अनुभवी सञ्चालक समिति र कुशल व्यवस्थापनको कारण सांग्रिला डेभलपमेन्ट बैंकले बैंकिङ्ग क्षेत्रमा आफूलाई मजबुत रूपमा उभ्याउन सफल भएको विश्लेषकहरू बताउँछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे