
काठमाडौँ , १५ असोज |नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेले आफू आगामी पाँच दिनभित्र अक्टोबर ६ मा नेपाल फर्किने बताएका छन्।
शनिबार सामाजिक सञ्जाल मार्फत लामिछानेले आफू अक्टोबर ६ मा नेपाल आइपुग्ने बताएका हुन । नाबालिगमाथि बलात्कार गरेको आरोपसँगै उनी राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बनमा परेका छन्।
उनले आफू निर्दोष भएको र आफूमाथिको षडयन्त्रको समयसँगै पर्दाफास हुने दाबी समेत गरेका छन्।
उनले आफू निर्दोष भएको र कानुनी लडाइँ लड्ने बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे