
काठमाडौँ, ८ बैशाख । नेपाली क्रिकेटर सन्दीप लामिछानेले विश्व कीर्तिमान बनाएका छन् । उनी एकदिवसीय अन्तर्राष्ट्रियमा छिटो एक सय विकेट लिने विश्व कीर्तिमान बनाएका हुन् ।
सन्दीपले अफगानिस्तानका बलर राशिद खानको सबैभन्दा छिटो एक सय विकेटको विश्व कीर्तिमान तोडेका हुन् ।
एसीसी प्रिमियर लिगअन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी ओमानविरुद्धको खेलमा एक विकेट लिएसँगै सन्दीपले ४२ खेलबाट १०० विकेट लिएका छन् ।
राशिदले ४४ खेलमा १०० विकेटको विश्व कीर्तिमान राखेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे