
काठमाडौँ, भदौ ११ । क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान गएका छन् । उनी एसिया कप खेल्न आज सोमबार बिहान पाकिस्तान गएका हुन् ।उनी ११ः २० बजेको कतार एरलाइन्सबाट दोहा हुँदै पाकिस्तान जाने क्यानले जनाएको छ।
उनलाई बिदाइ गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए। लामिछाने आइतबार पेसी भएका कारण टोलीसँगै पाकिस्तान जान पाएका थिएनन् । नेपालले १३ गते पाकिस्तानसँग र १८ गते भारतसँग खेल्नेछ ।
नाबालिगमाथी जबरजस्ती करणीको कसुरमा उनको आगामी पेसी भदौ २१ गतेका लागि परेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे