
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आजदेखि साधारण शेयर (आईपीओ) निष्कासन प्रक्रिया सुरू गरेको छ।
गत साउन १२ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त कम्पनीले ७२ करोड ६० लाख रुपैयाँ जारी पूँजीको २० प्रतिशतबराबरको १४ लाख ५२ हजार कित्ता, अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले साधारण शेयर बिक्री गर्ने अनुमति पाएको थियो।
अनुमति अनुसार पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४५ हजार २ सय कित्ता (रुपैयाँ १ करोड ४५ लाख २० हजार बराबर) आईपीओ जारी गरिएको हो। दोस्रो चरणमा कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ।
यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आवेदन अवधि छिटोमा भदौ १ गते र ढिलोमा भदौ ११ गते बैंकिङ समयपछि समाप्त हुनेछ।
लगानीकर्ताले ‘मेरो शेयर’ अनलाइन प्रणाली, धितोपत्र बोर्डले स्वीकृति दिएका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे