
काठमाडौँ, भदौ ११ । साफ यू(२० फुटबल च्याम्पियनशिपको उपाधि प्राप्त गर्ने दावी नेपाल र बङ्गलादेश दुवैको छ। नेपालले समूह चरणमा राम्रो प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। सातदोवाटोस्थित एन्फा मैदानमा फाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने दुवै टोलीका प्रशिक्षकको बुझाइ छ ।
सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोल र बङ्गलादेशले साविक विजेता भारतलाई टाइब्रेकरमै ४–३ गोलले हराएको थियो । तीन पटकको विजेता भारतलाई हराएको बङ्गलादेश उच्च मनोबलमा रहेको छ । यता समूह चरणका बङ्गलादेशलाई २–१ गोलले हराएको नेपाल घरेलु मैदानको फाइदा बटुल्दै पुनः बङ्गलादेशलाई फाइनलमा स्तब्ध बनाउने तयारीका छ ।
त्यसैगरी, बङ्गलादेशले पनि सानदार प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको छ। बङ्गलादेशी टोलीले सेमिफाइनलमा आफ्नो विपक्षीलाई पराजित गर्दै फाइनलका लागि अर्हता प्राप्त गरेको हो। बङ्गलादेशको टोलीको अनुभव र सामर्थ्यले उनीहरूको उपाधि जित्ने आशा बलियो रहेको छ। अब दुवै टोलीको भिडन्तले उपाधि तय गर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे