
एजेन्सी । सुदूर पूर्वी रूसमा ५०० वर्षभन्दा बढी समयपछि पहिलो पटक ज्वालामुखी विस्फोट भएको छ, जुन विज्ञहरूका अनुसार गत हप्ताको ठूलो भूकम्पसँग सम्बन्धित हुन सक्छ।
कामचटकामा रहेको क्राशेनिनिकोभ ज्वालामुखीले रातारात छ किलोमिटर (३.७ माइल) उचाइमा खरानीको मुस्लो फ्याँकेको थियो।
कामचटका ज्वालामुखी विस्फोट प्रतिक्रिया टोलीका प्रमुखका अनुसार क्राशेनिनिकोभको अन्तिम रेकर्ड गरिएको विस्फोट १५ औं शताब्दीमा भएको थियो।
ज्वालामुखी घटना गत हप्ता यस्तै क्षेत्रमा गएको ८.८ म्याग्निच्युडको ठूलो भूकम्पसँग सम्बन्धित हुन सक्छ, जसपछि धेरै हप्तासम्म बलियो परकम्पहरू आउन सक्ने चेतावनी रूसी विज्ञहरूले दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे