
काठमाडौ , १८ असार | राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
सचिवालय बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले अब बन्ने सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको बताए । परियारले नयाँ सरकार बन्ने प्रक्रिया अघि बढ्नेबित्तिकै रास्वपाका मन्त्रीहरूले पदबाट राजीनामा दिने बताए।
उनले भने , ‘हामी अब बन्ने गठबन्धनमा हामी रहँदैनौं, सरकारमा जाँदैनौं। यसमा हामी स्पष्ट छौं,’ । उनले नयाँ गठबन्धनको सरकारले राजनीतिक स्थायित्व दिन नसक्ने रास्वपाको बुझाइ रहेको बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे