
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी छाडेकी छन्।उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन् । हाल उनी पार्टीको केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्य पनि रहेकी थिइन्।
शर्माले विज्ञप्तिमार्फत पार्टीभित्र इमानदार व्यक्तिको उचित कदर नभएको र आर्थिक अनियमितता देखिएको आरोप लगाएकी छन्। युवालाई अवसर दिने र योग्यलाई छान्ने भन्ने नाराबाट प्रेरित भएर पार्टीमा आबद्ध भए पनि अहिलेको निर्णय प्रक्रिया, कार्यशैली र अभ्यास पार्टी स्थापना बेला गरिएका प्रतिबद्धतासँग मेल नखाने उनको भनाइ छ।
फागुन २१ गतेको निर्वाचनसँग जोडिएका गतिविधिले आफू निराश भएको र आर्थिक कारणले पार्टीका निर्णय प्रभावित हुँदा आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमा ठेस पुगेको भन्दै उनले पार्टी परित्याग गरेकी छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे