
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवार छनोट गर्ने प्रक्रिया सम्पन्न गरेको छ। कात्तिक २२ गतेदेखि सुरु भएको प्राइमरी निर्वाचन आज बिहान सकिएको सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए।
यसअघि शनिबार बिहान ७ बजेदेखि आइतबार बेलुका ७ बजे सम्म मतदान समय तोकिएको थियो, तर मतदाताको चाप बढी हुँदा सोमबार बिहान १० बजे सम्म समय थप गरिएको थियो।सहमहामन्त्री आचार्यका अनुसार अब प्राइमरी निर्वाचनको परिणाम, राजनीतिक नजिकत्व र समावेशी मतको सङ्कलन सम्पन्न हुने र त्यसपछि निर्वाचन आयोगमा पठाइने छ। यसरी रास्वपाले समानुपातिक उम्मेदवार छनोट प्रक्रिया पूरा गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे