
काठमाडौँ, २३ श्रावण । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लाबाट चुनाव लड्ने भएका छन्।
आउँदो मंसिर ४ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागी उनले आफनो गृह जिल्लाबाट निर्वाचन लड्न लागेको स्रोतले बताएको छ । तर शाहीले उमेदवारी घोषणा भने आज (सोमबार) काठमाडौँको नयाँ बानेश्वरमा रहेको अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरेर जानकारी दिने बताइएको छ ।
शाहीको जन्मघर जुम्लाको सिंजा गाउँपालिका– ३ हो । जुम्लामा एक मात्र निर्वाचन क्षेत्र छ। यसअघि यो क्षेत्रबाट नेकपा माओवादी केन्द्रका गजेन्द्र महत निर्वाचित भएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे