
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसदहरूले संसदको सपथ ग्रहणअघि पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन्। दर्शनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका नेता ज्ञानेन्द्र शाहीले भने , उनीहरू कुनै पनि गलत काम नगर्ने अठोटका साथ भगवान् पशुपतिनाथसमक्ष प्रार्थना गर्न आएका हुन्। “हामीले जानेर वा नजानेर कुनै गलत काम नगरौं भन्ने कामनाका साथ यहाँ आएका हौं,” उनले भने।
राप्रपा लामो समयदेखि नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग गर्दै आएको छ। बिहीबार बिहान, राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीसहित सांसद खुश्बु ओली, भरत गिरी र सरस्वती लामाले मन्दिरमा दर्शन गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे