
काठमाडौं,३२ साउन। राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलिया प्रस्थान गरेका छन्। अष्ट्रेलियाका विभिन्न सहरहरूमा हुने कार्यक्रममा भाग लिन अध्यक्ष लिङ्देन गए राति मेलवनतर्फ प्रस्थान गरेका हुन्।
उनको साथमा पार्टीका प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की पनि रहेका छन् । उनी भदौ १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । प्रवक्ता श्रेष्ठका अनुसार अष्ट्रेलियामा हुने कार्यक्रममा अध्यक्ष लिङ्देनले सम्बोधन गर्ने साथै त्यहाँ रहेका नेपाली समुदायसँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे