
काठमाडौं। अविरल वर्षाका कारण देशभर १३ ठाउँमा सडक बन्द भएका छन्। पहिरो र बाढीले सडक अवरुद्ध बनाएको हो। प्रहरीका अनुसार संखुवासभाको भोटखोला र मकालु गाउँपालिकामा कोशी राजमार्गका भागहरू पहिरोले बन्द भएका छन्।
त्यस्तै, पासाङल्हामु राजमार्गअन्तर्गत गोसाइकुण्ड गाउँपालिकाको सडक, गल्छी–त्रिशूली–मैलुङ सडक, ढोरपाटन–सालझंडी, बेनी–दरबाङ, भेरी करिडोर, कर्णाली राजमार्गको जाजरकोट–छेडागाड र जाजरकोट–डोल्पा सडक पनि बन्द भएका छन्।
सडक खुलाउन सुरक्षाकर्मीहरू खटिएका छन्। देशका केही क्षेत्रमा अवरुद्ध सडकमध्ये ८ स्थानमा अहिले एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे