
काठमाडौँ । नेकपा ९एमाले० का नेता गोकुल बास्कोटाले नेपालमा प्रतिशोधी राजनीति बढ्दै जान थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत हालको राजनीतिक अवस्था स्वस्थ दिशातर्फ नभएको संकेत देखिन थालेको बताएका हुन्।
बास्कोटाका अनुसार लामो समयदेखि पाकिस्तानमा देखिँदै आएको र पछिल्लो समय बंगलादेशमा देखिएको प्रतिशोधी राजनीतिक प्रवृत्ति अब नेपालमा पनि देखिन थालेको छ। उनले यसलाई गम्भीर संकेतका रूपमा व्याख्या गर्दै सत्ता केन्द्रित राजनीतिले सैद्धान्तिक आधार गुमाउँदै जाँदा यस्तो अवस्था सिर्जना भएको बताएका छन्।
उनका भनाइमा राजनीति विचार, सिद्धान्त र जनसेवामा आधारित हुनुपर्ने हो, तर सत्ता प्राप्ति र सत्तामा टिकिरहने सोच हाबी हुँदा घृणा, आक्रोश र बदला लिने प्रवृत्ति बढ्दै गएको छ। यस्ता प्रवृत्तिले समाजमा नकारात्मक असर पार्ने र लोकतान्त्रिक मूल्य कमजोर बनाउने खतरा रहेको उनले उल्लेख गरेका छन्।
नेता बास्कोटाले राजनीतिक असहमति स्वाभाविक भए पनि त्यसलाई प्रतिशोध र द्वेषको रूपमा बदल्न नहुनेमा जोड दिएका छन्। उनले प्रतिशोधी राजनीति हिंसात्मक बाटोमा नजाओस् भन्दै सबै राजनीतिक शक्ति र नेतृत्वलाई संयमित, जिम्मेवार र सैद्धान्तिक रूपमा अगाडि बढ्न आग्रह गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे