
काठमाडौँ – उदयपुरको बेलका क्षेत्रमा तीन दिनदेखि लगातार परेको भारी वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ। यसले गर्दा बेलका–२, ३, ६, ८ र ९ नम्बर वडाका गाउँहरू डुबान र नदी कटानको जोखिममा परेका छन्।
स्थिति गम्भीर बन्दै गएपछि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, सुरक्षाकर्मी, जनप्रतिनिधि लगायतको टोलीले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।
बाढीको सम्भावित असरलाई ध्यानमा राख्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। कोठु, डुम्रीबोट, सिसौली लगायत क्षेत्रमा कोशी नदी किनार नाघेर पानी गाउँतिर आउन थालेको छ।
संभावित विपद्का लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तयारी अवस्थामा राखिएको छ। उद्धार र राहतका लागि प्रशासनले आवश्यक तयारी सुरु गरिसकेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे