
काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । आज नेपाली महिलाहरूले ऋषि पञ्चमी पर्व मनाइरहेका छन्। यो पर्व विशेषगरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेर मनाइन्छ। बिहानै उठेर महिलाहरूले नजिकको नदी, खोला, ताल वा पोखरीमा गएर ३६५ वटा दतिवनले दाँत माझ्ने र गाईको गोबर, माटो र खरानी प्रयोग गरेर स्नान गर्छन्।
यो दिन महिलाले विगतमा महिनावारी भएका समयमा कुनै त्रुटि भएको छ भने त्यसको प्रायश्चित गर्न सप्तऋषिको पूजा गर्छन् भन्ने धार्मिक विश्वास छ। रजस्वलाका चार दिनमध्ये पहिलो दिन चाण्डालिनी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुने मानिन्छ।
पौराणिक कथाअनुसार इन्द्रले ब्रह्महत्या गरेपछि त्यसको पाप स्त्री, जल, बोटबिरुवा र भूमिमा बाँडिएको थियो। त्यसैले महिलामा महिनावारी हुन थाल्यो भन्ने विश्वास छ। आजको दिन दतिवनले दाँत माझी, विशेष स्नान गरेर पूजा गरेपछि महिलाहरूले सादा खाना—जस्तै सामा, कागुनो, कन्दमूल, कर्कलो खाएर एक छाक मात्रै खाने व्रत बस्ने गर्छन्।
काठमाडौँको टेकु, मूलपानी र देशभरका ऋषेश्वर मन्दिरहरूमा आज भक्तजनहरूको भिड लागेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे