
काठमाडौं , वैशाख २७।राइटपाथ करिअर काउन्सिलिङले ग्राण्ड एजुकेसन कनक्लेभ २०२४ आयोजना गर्ने भएको छ ।
बुधबार पत्रकार सम्मेलन मार्फत संस्थाले युके, अष्ट्रेलिया, युएसए तथा क्यानडा सम्बन्धीत विभिन्न पछिल्लो जानकारी तथा त्यहा रहेको उत्कृष्ट कलेज, युनिभर्सिटी तथा शैक्षिक संस्थालाई जानकारी गराउने हेतुले उक्त कनक्लेभ आयोजना गर्न लागिएको संस्थाका सिइओ फिलिप डिसीले जानकारी गराउनु भयो ।
त्यस्तै पत्रकार सम्मेलनमा उपस्थिती विभिन्न राष्ट्रका शैक्षिक संस्थाका प्रतिनिधिहरुले कन्क्लेभले नेपाली विधार्थी तथा अभिभावकहरूमा यो कार्यक्रमले पछिल्लो समय वैदेशिक शिक्षा सम्बन्धी रहेका विभिन्न जिज्ञासा समाधान गर्न सहयोग मिल्ने धारणा व्यक्त गरेका थिय ।
ग्राण्ड एजुकेसन कनक्लेभ २०२४ उपत्यका र उपत्यका बाहिर सञ्चालन गरिने हुदा सम्पुर्ण विधार्थी तथा अभिभावकहरुले आफुलाई पायक पर्ने शाखाहरुमा सहभागीता जनाई फाइदा लिन राइटपाथ करिअर काउन्सीलिंगले सम्पुर्णमा आग्रह गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे