
काठमाडौँ ,१७ पुस । मकवानपुरको मनहरी गाउँपालिका ६ स्थित लामेदमार मध्यवर्ती सामुदायिक वनमा बुधबार बिहान ८ : ३० बजेको समयमा गैँडाको आक्रमणबाट एक महिला घाइते भएको छ। घाइते हुनेवाला दिलमाया स्याङ्तान, चितवन जिल्ला राप्ती नगरपालिका १ दुबिचौरकी ७० वर्षीया महिला हुन्। उनी घाँस काट्न र गोबर टिप्न जङ्गलमा गएकी थिइन्।
गैँडाले स्याङ्तानलाई आक्रमण गर्दा घटनास्थल नजिक रहेका स्थानीयहरूले होहल्ला गरेपछि गैँडा जङ्गलतर्फ भागेको थियो। यस क्रममा स्याङ्तानको हात, शरीर र निधारमा चोट लागेको छ।
घटनापछि स्याङ्तानलाई उपचारका लागि चितवन पठाइएको छ। मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले यस घटनाबारे जानकारी दिएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे