
काठमाडौँ — नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवामाथि आक्रमण भएपछि सुरु भएको नेतृत्व परिवर्तनको बहसलाई असमयिक र अनुचित भनेका छन्। आइतबार पत्रकार सम्मेलन गर्दै महतले आक्रोश व्यक्त गर्दै, “अभिभावकमाथि सांघातिक हमला भएको छ, उपचार पनि पूरा भइसकेको छैन, यस्तो बेलामा बहस थाल्नु उचित होइन,” भने।
उनले कांग्रेसभित्रकै जिम्मेवार नेताहरू संवेदनशील नदेखिएको भन्दै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मामाथि अप्रत्यक्ष रूपमा आलोचना गरे। महतले नेतृत्वमाथिको हमलालाई गम्भीरतापूर्वक नलिइएको टिप्पणी गर्दै भने, “कार्यसम्पादन समितिबाट निर्णय नभई बाहिरबाट नेतृत्व परिवर्तनको बहस थाल्नु पार्टीका लागि राम्रो हुँदैन।”
उनले लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास गर्ने नयाँ पुस्ता रहेको भन्दै अहिले देखिएका अस्वाभाविक गतिविधिहरूका पछि लोकतन्त्रविरोधी प्रवृत्ति लुकेको शंका व्यक्त गरे। देश र जनताको सेवा गर्ने धेरै नेता कार्यकर्ता कांग्रेसमा रहेको भन्दै उनले लोकतान्त्रिक आक्रमण रोक्न सबै एकजुट हुनुपर्नेमा जोड दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे