
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी ९नाउपा०का संरक्षक रेशम चौधरीले पार्टी छाडेका छन्। अब उनले नयाँ पार्टी ‘नागरिक उन्मुक्ति नेपाल’ गठन गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत जानकारी दिँदै चौधरीले आफूलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिएका छन् र नयाँ यात्रा सुरु गर्न आह्वान गरेका छन्।
उनले भनेका छन्, मेरो कसैसँग व्यक्तिगत दुस्मनी छैन, मेरो दुस्मनी देशका फटाहहरूसँग छ। रेशमले पहिले नाउपाको गीत, विचार र विधान आफैंले बनाएको उल्लेख गर्दै अहिले पार्टी भित्रको व्यक्तिगत अहंकार र स्वेच्छाचार स्वीकार्न नसकिएको बताएका छन्।
साथै, संसदमा राजीनामा दिएर फेरि फर्कन खोज्नेहरूसँग सहमति नहुने स्पष्ट पारेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे