• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र २, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चैतमा केही वाणिज्य बैंकहरूको ब्याजदर घटाए

१५ घण्टा अघि
२

दबाबबीच मन्त्रिपरिषदको बैठक,कार्की आयोगको प्रतिवेदन सार्वजनिक हुने तयारी

१८ घण्टा अघि
३

संविधानमा अधिकार, व्यवहारमा अवरोध: गैरआवासीय नेपालीको गुनासो

१८ घण्टा अघि
४

अधिवेशन नजिकिँदै, निर्माण व्यवसायीमा चुनावी सरगर्मी

१९ घण्टा अघि
५

सम्झौता फेरिँदै, लागत बढ्दै: संसद भवन निर्माण कहिले पूरा?(संशोधित लागत छ अर्ब ३० करोड ८२ लाख ५६ हजार)

२१ घण्टा अघि
६

सरकारी डाटा भण्डारणको सुरक्षामा प्रश्न

१ दिन अघि
७

अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको देहावसान

२ दिन अघि
८

ग्यास अभावको चर्चा बढेसँगै विद्युतीय चुलोतर्फ उपभोक्ताको आकर्षण

२ दिन अघि
९

विश्वविद्यालय अनुदानमा अनियमितता र वित्तीय पारदर्शिता चुनौती

२ दिन अघि
१०

पैठारीमा स्वास्थ्य जोखिम कर छुट: १० करोडभन्दा बढी असुल गर्न बाँकी

२ दिन अघि
११

वैदेशिक नेपालीलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले ‘नन–रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ सुरु

३ दिन अघि
१२

नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता

३ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

६ महिना अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ श्रावण १९, बिहिबार (३ साल अघि)

कोशीले प्रभावित २ हजार ४ सय घर परिवारको उद्धार

  • 2,821 Views
  • उदयपुर। उदयपुरको बेलका नगरपालिका-८ डुम्रीबोटे लाहुरे खोँचबाट सप्तकोशीले धार परिर्वतन गरेर पश्चिम तटीय क्षेत्रका गाउँमा पसेपछि प्रभावित भएका २ हजार ४ सय घर परिवारको उद्धार गरिएको छ।

    बाढीमा फसेका बेलका नगरपालिका-३ र बराह क्षेत्र नगरपालिकाका ६ र ९ का २ हजार ४ सय घरधुरीलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना स्थानीयवासीको सहयोगमा ५ वटा बोटबाट उद्धार गरिएको सशस्त्र प्रहरी बल ५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक कृष्णराज अधिकारीले जानकारी दिए। बिहानदेखि साँझसम्म उद्धार जारी रहेकोले छुटेका बाँकी रहकाहरुको खोजी भई रहेको सशस्त्र प्रहरी उपरिक्षक अधिकारीको भनाई रहेको छ। मानवीय क्षति भने नभएको सशस्त्र प्रहरी उपरिक्षक अधिकारीको भनाइ रहेको छ।

    कोसी पस्न सक्ने भएकाले अघिल्लो दिन नगरपालिकाले सबै वडामा माईकिङ गरि सुरक्षित स्थानमा जान आग्रह गरेकाले पनि मानवीय क्षति नभएको नगर प्रमुख अशोक कार्कीले बताए। बाढीबाट करिब २५ हजार मानिस प्रभाबित भएको उनको भनाइ छ।

    सप्तकोसी नदी ३४ वर्षपछि पुरानै धारमा फर्किंदा सुनसरी, उदयपुर र सप्तरीका बस्तीहरु प्रभावित भएका हुन्। सप्तकोसीले कटान गरेपछि सुनसरीको बराह क्षेत्र नगरपालिका, उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही वस्ती प्रभावित भएका हुन्।

    सप्तकोसीले धार परिर्बतन गरी आएको स्थान भनेको नदीको पुरानै स्थान हो। २०४५ सालको भूकम्पपछि सप्तकोसीले विस्तारै धार परिवर्तन गरेर पूर्वतर्फ लागेको थियो। कोसी पूर्व फर्केपछि त्यहाँ २०५१ सालपछिबाट बस्ती बस्न थाल्यो। अहिले कोसीले धार बदलेर पुरानै ठाँउमा आउँदा पछि बसेका बस्ती प्रभावित भएका हुन्।
    कोसीले उदयपुरको बेलका नगरपालिका २, ३, ८ र ९ सुनसरीको बराह क्षेत्र नगरपालिका ६ र ९ सप्तरीको सप्तकोसी नगरपालिकाको ६ र ७ कञ्चनरुप नगरपालिकाको १, २, ४, ५ र १० प्रभाबित भएका छन्।

    बाढीमा फसेकाहरुको उद्धार कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवले भने, ‘साँझ सम्म प्रभावित सम्पूर्णलाई उद्धार गरिन्छ। उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय खटिएका छन्।

    वेलका नगरपालिका–८ डुम्रिबोटेबाट झण्डै २ सय मिटर जमिन कटान गरी कोसी गाउँ पसेको हो। बुधबार बिहान ४ बजे पसेको कोशीले बेलका नगरपालिका २, ३, ८ र ९ तथा सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ का ४ हजार ५ सय परिवार विस्थापित भएका छन्। उद्धार गरिएका घर परिवारलाई उच्च स्थानमा रहेका विद्यालय, सामुदायिक भवन, मन्दिर तथा चर्चमा राखिने प्रजिअ यादवले बताए।

    बेलका नगर प्रमुख अशोक कार्कीले प्रभावित क्षेत्रमा कोसीको बहाव झन् बढेको बताए। नगर प्रमुख कार्कीले भने, ‘अहिले नगरको ८ र ९ वडाको केही भाग साथै ३ नम्बर वडाको अधिकांश भाग डुबानमा परेको छ। डुबानको क्रम बढ्दै गएकोले प्रभावित क्षेत्रका सर्बसाधारणलाई सुरक्षित स्थानमा ल्याउने काम भई रहेको छ।

    अबिरल वर्षातसँगै आएको बाढीले सप्तकोसी नदीमा पानीको बहाव बढेपछि उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटमा कटान गरी कोशी गाउँ पसेको हो। प्रभावित क्षेत्रका स्थानीय घरमा भएको खाद्यान्न, लत्ताकपडा र वस्तुभाउ लिएर सुरक्षित स्थानतर्फ गईरहेको वडा नम्बर ३ का सदस्य फागुन कार्कीले बताए।

    अहिलेकै अवस्थामा कोशीको बहाव बढ्दै गए सप्तरीको सप्तकोसी नगरपालिकाका ६ र ७ नम्बर वडामा समेत असर गर्ने सम्भावना रहेको नगर प्रमुख कृष्ण ढकालले बताए। त्यसका लागि सर्तकता अपनाउन थालिएको उनले बताए।

    त्यसैगरी सप्तरीकै कञ्चनपुर नगरपालिकाका १, २, ४, ५ र १० नम्बर वडा पनि प्रभावित हुने अनुमान गरिएको छ। बेलका नगरपालिका-३ का अध्यक्ष टंकप्रसाद आचार्यका अनुसार बाढीले बेलकामा मात्रै करिब २० हजार मानिस प्रभावित भएका छन्।

    बेलका-३ मा मात्र ९ सय घर प्रभावित हुने अध्यक्ष आचार्यले जानकारी दिए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी बाँध बनाए पनि बाढीले कटान गरि कोसी गाउँ पसेको हो। बाढी प्रभावितहरू अहिले आफन्तका घरमा आश्रय लिइरहेका छन्।

    डुबानबाट प्रभाबित स्थानीयबासीहरुलाई उद्धारका लागि जिल्ला प्रहरी कार्यालय उदयपुर, इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र प्रदेश प्रहरी गण बिराटनगर समेतबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरिएको छ। त्यसैगरी सशस्त्र प्रहरी ५ नम्बर गण रातमाटे, सशस्त्र प्रहरी बाहिनी अड्डाका विपद् जोखिम प्रतिकार्य टोली, नेपाली सेना लगायतले आ आफनो बोट लिएर उद्धारमा खटिएएका छन्।

    डुबान प्रभावित क्षेत्रको १ नम्बर प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की, भौतिक योजना तथा पुर्बाधाार बिकाश मन्त्री हिमाल कार्की, १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, सशस्र प्रहरी बल बराहबाहिनि पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, २ नम्बर बाहिनी इटहरीका सहायक रथि सन्तोषराज पाण्डे, जिल्ला प्रशासन कार्यालय उदयपुर, सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरु बराह क्षेत्र, बेलका, कन्चनरुप र सप्तकोशी नगरपालिका नगर प्रमुखहरु समेतले स्थलगत अवलोकन गरेको छ।

    अबलोकनपछि प्रदेश १ का मन्त्रीद्धय, सुनसरी, मोरङ र उदयपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायको प्रमुख नगर प्रमुखहरुको बेलका नगरपालिकामा प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बेलका नगरपालिकामा बसेको थियो। बैठकले तत्काल बाढीमा फसेकाहरुलाई उद्धार र राहत उपलब्ध गराउने राहत उपलब्ध गराउदा एकद्धार प्रणालीबाट उपलब्ध गराउने निर्णय गरेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    चैतमा केही वाणिज्य बैंकहरूको ब्याजदर घटाए
    १५ घण्टा अघि

  • २

    दबाबबीच मन्त्रिपरिषदको बैठक,कार्की आयोगको प्रतिवेदन सार्वजनिक हुने तयारी
    १८ घण्टा अघि

  • ३

    संविधानमा अधिकार, व्यवहारमा अवरोध: गैरआवासीय नेपालीको गुनासो
    १८ घण्टा अघि

  • ४

    अधिवेशन नजिकिँदै, निर्माण व्यवसायीमा चुनावी सरगर्मी
    १९ घण्टा अघि

  • ५

    सम्झौता फेरिँदै, लागत बढ्दै: संसद भवन निर्माण कहिले पूरा?(संशोधित लागत छ अर्ब ३० करोड ८२ लाख ५६ हजार)
    २१ घण्टा अघि

  • ६

    सरकारी डाटा भण्डारणको सुरक्षामा प्रश्न
    १ दिन अघि

  • ७

    अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको देहावसान
    २ दिन अघि

  • ८

    ग्यास अभावको चर्चा बढेसँगै विद्युतीय चुलोतर्फ उपभोक्ताको आकर्षण
    २ दिन अघि

  • ९

    विश्वविद्यालय अनुदानमा अनियमितता र वित्तीय पारदर्शिता चुनौती
    २ दिन अघि

  • १०

    पैठारीमा स्वास्थ्य जोखिम कर छुट: १० करोडभन्दा बढी असुल गर्न बाँकी
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको देहावसान

    नेपाल नक्सा
    २

    नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता

    नेपाल नक्सा
    ३

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

    नेपाल नक्सा
    ४

    विश्वविद्यालय अनुदानमा अनियमितता र वित्तीय पारदर्शिता चुनौती

    नेपाल नक्सा
    ५

    मध्यपूर्व तनावसँगै कच्चा तेलको मूल्य तीन वर्षयताकै उच्च

    नेपाल नक्सा
    ६

    इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution