
काठमाडौं महानगरपालिकाले महानगरभित्रका होटल, रेष्टुरेन्ट, बैंक, शपिङमल र व्यापारिक प्रतिष्ठानका शोरुम लगायतमा रहेका शौचालय सर्वसाधारणका लागि प्रयोग खुला गर्ने प्रक्रिया अघि बढाएको छ ।
महानगरले आज ९आइतबार० एक सूचना जारी गर्दै होटल, रेष्टुरेन्ट, बैंक, शपिङमल र व्यापारिक प्रतिष्ठानहरुलाई आफ्ना शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्नका लागि सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।
इच्छुक सम्बद्ध सरोकारवाला व्यक्ति तथा निकायले सात दिनभित्र सार्वजनिक निजी साझेदारी इकाइ, बबरमहल जिसस भवन वा प्रशाशन विभाग, काठमाडौं महानगरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे