
काठमाडौँ , ७ असोज | आज सूचना जारी गर्दै काठमाडौं महानगरपालिकाले साइनबोर्ड राखे बापतको शुल्क ३० दिनभित्र बुझाउन आग्रह गरेको छ।
शुल्क नबुझाए वा तोकिएकोभन्दा ठूलो साइनबोर्ड राखेको पाइएमा त्यस्ता साइनबोर्ड महानगरपालिकाले तत्काल हटाउने चेतावनीसमेत दिइएको छ।
केही व्यक्ति, संघ संस्थाहरूले परिचय पाटी राखेबापतको शुल्क नतिरेको देखिएकाले बुझाउन आग्रह गरेको हो।
साथै ३० वर्गफुटभन्दा माथिको साइनबोर्ड राख्न महानगरले निषेध गरेको पनि सूचनामा उल्लेख छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे