
काठमाडौँ ।चाडपर्वको समयमा उपभोक्तालाई राहत प्रदान गर्न नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो।
निगमले मिति २०८१ असोज १५ गते बिहान१२ः०१ बजेबाट लागु हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ, हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर छ रुपैयाँ र हवाई इन्धन (बाह्य) मा प्रतिहजार लिटर ४५ रुपैयाँले घटाइएको जानकारी दिएको छ।
यसबाहेक, एलपी ग्यासको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँले बढेर आए पनि चाडपर्वलाई लक्षित गरी ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ।
इन्धनको मूल्य घटेसँगै चाडपर्वको मुखमा उपभोक्ताले आर्थिक राहत महसुस गर्ने अपेक्षा गरिएको छ। साथै, नेपाल आयल निगमले पर्वको समयमा इन्धन आपूर्तिमा कुनै समस्या नहुने सुनिश्चित गरेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे