
काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आज (सोमबार) देखि सर्वसाधारणका लागि आइपिओ बिक्री सुरु गरेको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरिसकेको छ। अब सर्वसाधारण लगानीकर्ताले पनि कम्पनीको सेयर किन्न सक्नेछन्।
कम्पनीले कुल ९ लाख २४ हजार ७६८ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो। यसमध्ये ५७ हजार ७९८ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ। प्रत्येक सेयरको मूल्य ८२० रुपैयाँ ८० पैसा तोकिएको छ। लगानीकर्ताले कम्तीमा ५० कित्ता र बढीमा २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
यस आइपिओमा पुस ११ गतेसम्म आवेदन दिन सकिन्छ। यदि सबै सेयरका लागि आवेदन नपरेमा अवधि पुस २१ गतेसम्म थपिनेछ। आइपिओको बिक्री व्यवस्थापन ग्लोबल आइएमई क्यापिटलले गरेको हो। आवेदन ‘मेरो सेयर’ अनलाइन वा बैंकमार्फत सी–आस्बा प्रणालीबाट दिन सकिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे