
काठमाडौँ, ९ जेठ । नेपाल प्रहरीका पाँच डीआईजी एआईजी बढुवाका लागि सिफारिस भएका छन्।
गृहमन्त्रालयको बढुवा समितिको आज बसेको बैठकले कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा पाँचजनाको नाम सिफारिस गरेको हो।
बढुवा सिफारिस हुनेमा अरुणकुमार बिसी, दिवेश लोहनी, उत्तमराज सुवेदी, मुकुन्दराज आचार्य र पूजा सिंह छन्।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे