
काठमाडौँ, १ असोज । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले निर्वाचन आयोगलाई जरिवाना तिर्न तयार रहेको बताएका छन्।सामाजिक सञ्जालमार्फत साम्पाङले ५ लाख ५० हजार जरिवाना तिर्न तयार रहेको तर आफूले तिरेको जरिबाना भ्रष्टाचारीको भुँडीमा नपरोस् भनेका छन्।
निर्वाचन आयोगले ढिला निर्वाचन खर्च बुझाएको भन्दै नामसहित जरिबाना रकम तोकेपछि राईले यस्तो भनेका हुन् ।‘५ लाख ५० हजार जरिवाना तिर्न तयार छु तर मैले तिरेको जरिबाना रकम भ्रष्टाचारीको भुँडीमा नपसोस्’, उनले लेखेका छन्, ‘नत्र त्यो भुँडी फुटाउने गैंती चलाउन नि आम्चा हाम्लाई !’निर्वाचन आयोग ऐनमा निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने उल्लेख छ।
आयोगले महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारलाई सात लाख ५० हजार रुपैयाँ, उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारलाई पाँच लाख ५० हजार रुपैयाँ, नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारलाई चार लाख ५० हजार रुपैयाँ, गाउँपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारलाई तीन लाख ५० हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे