
काठमाडौँ, २६ मंसिर । बझाङ जिल्लाको रायाल क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार बिहान ११:०२ बजे ३.०९ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार यस भूकम्पले सो क्षेत्रमा सामान्य धक्का महसुस भएको जनाइएको छ।
यसअघि, मंसिर ६ गते बिहान कास्की र मनाङको सीमाना क्षेत्रमा ४.२ रेक्टर स्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालका विभिन्न भागमा भूकम्पको श्रृंखला जारी रहेको र यी घटनाहरूले नेपाल भूकम्पीय दृष्टिले जोखिमपूर्ण क्षेत्र रहेको प्रमाणित गरिरहेको भूकम्प मापन केन्द्रले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे