
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने र गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीको मुद्दा आज उच्च अदालत बुटवलमा सुन्ने क्रममा राखिएको छ।
उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुवरका अनुसार यसअघि दुई पटक लामिछाने पक्षका वकिलहरूले अतिरिक्त समय मागेपछि बहस स्थगित गरिएको थियो। सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने जिल्ला अदालत रुपन्देहीको आदेशअनुसार अहिले पनि पुर्पक्षका लागि थुनामा छन्।
जिल्ला अदालतले आवश्यक बिगो रकम दाखिला भए पनि साउन २६ गते उनको जमानत नदिने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा पुनरावेदन दर्ता गरेका थिए।
बुटवलस्थित सुप्रिम सहकारी संस्थाबाट रकम ठगी गरिएको आरोप र संगठित अपराधमा संलग्नताको अभियोगमा लामिछाने र जोशी दुवैजना पक्राउ परेका हुन्। आजको सुनुवाइ कात्तिक १३ गतेदेखि लगातार हुँदै आएको पाँचौँ र छैटौँ पेशी हो। यस अघि पनि पटक पटक पेसी तोकिएर अन्तिममा बहस रोकिँदै आएकोे छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे