
काठमाडौँ । सहकारी ठगी र संगठित अपराधको अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेलाई बयानका लागि आज चितवन लगिएको छ । सहारा चितवन सहकारीको रकम हिनामिना गरेको आरोपमा रविविरुद्ध चितवन प्रहरीमा मङ्सिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो । यसबारे अनुसन्धानकको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन लगिएको हो ।
लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा हिजो बयान सकिएको थियो र आज उनलाई मंगलबार बिहान बुद्ध एयरको जहाज मार्फत चितवन लगिएको छ । सहारा सहकारीको रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र रामबहादुर खनालसँग बयान लिइ सकिएको छ । तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशक रवि लामिछानेलाई सहकारी रकम हिनामिना गरेको आरोप छ। प्रहरीले उनीमाथि सम्पती शुद्धिकरण तथा संगठित अपराधमा पनि मुद्दा चलाउने तयारी स्वरुप बयान गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे