
काठमाडौँ , २० भाद्र | प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङ सँग आज राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भेटेर उनलाई धन्यवाद दिएर आएका छन् ।शेरजंग गुरुङ सँगको तस्वीर सामाजिक सञ्जालमा हालेर रविले लेखेका छन्, कानुन सबैलाई बराबर हुन्छ। नियम मिचेर लाइन नबस्ने मन्त्री लाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस्।
उनले शेरजंगले भनेको भन्दै थप लेखेका छन् ,'”गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुव्र्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी त गर्नै पर्यो।”
रविले अघि लेखेका छन् यदि उहाँको भनाइ सत्य हो भने उहाँलाई थुनामा राख्ने होइन ससम्मान रिहा गरियोस्। दण्डित होइन पुरस्कृत गरियोस्।
आइतबार क्यानडाको भिसा प्रोसेसका लागि छायाँ सेन्टर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री जीवनराम मन्त्री श्रेष्ठ र उनका सुरक्षाकर्मीलाई सेक्युरिटी गार्ड गुरुङले लाइनमा बस्न भन्दै रोकेका थिए । तर उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे