
काठमाडौं, जेठ ६ – राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेको थुनामुक्त गराउने मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट आज सर्वोच्च अदालतमा न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको छ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने अहिले रुपन्देहीको भैरहवा कारागारमा थुनामा छन्। उनले आफूलाई थुनामा नराख्नुपर्ने भन्दै अदालतमा रिट दायर गरेका थिए। तर, यसअघि उनका रिट छ पटकसम्म हेर्न नमिल्नेु न्यायाधीशहरूको इजलासमा परेका कारण सुनुवाइ हुन सकेको थिएन।
आज भने अन्ततः ‘हेर्न नमिल्ने’ कारण नपर्ने गरी नयाँ इजलासमा पेसी परेको हो, जसले अब मुद्दाको सुनुवाइ अगाडि बढ्ने अपेक्षा गरिएको छ। यसअघि आइतबार न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले रिट हेर्न मिल्नेु इजलासमा पठाउन आदेश दिएको थियो। त्यसअनुसार सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा मुद्दा पुगेको थियो। तर, लामिछानेका वकिल प्रधानन्यायाधीशसँग परिचित थिए भने विपक्षी वकिल न्यायाधीश पाण्डेयका नातेदार परेकाले फेरि ‘हेर्न नमिल्ने’ भयो।
अब भने मुद्दा पहिलो पटक सुनुवाइको प्रक्रियामा पुगेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे