
काठमाडौँ, २२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको दोहोरो राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा बुधबार सुनुवाई हुने संभावना छ ।
मंगलबारका लागि पेशी तोकिए पनि न्यायाधीश अनिलकुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाई बुधबारका लागि सारिएको थियो ।
न्यायाधीश सिन्हाले संवैधानिक इजलासमा लामिछानेको नागरिकता विवादको सुनुवाइमा संलग्न रहेकाले राहदानी प्रकरणमा सुनुवाई नगर्ने बताउनु भएको थियो । लामिछानेको मुद्दा हरिप्रसाद फुँयाल एकल इजलासमा पेसी तोकिएको छ ।
लामिछानेविरुद्ध पासपोर्टसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णयविरुद्ध अधिवक्ता युवराज पौडेल (सफल)ले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे