
काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भिटामिन ‘डि’ को कमी देखिएको छ । लामिछानेको रगत परीक्षणको रिपोर्ट गरेका डा.जितेन्द्र प्रसाद यादवले दिएको जानकारी अनुसार उनको शरीरमा भिटामिन ‘डि’ को कमी देखिएको हो ।
रूपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेको, बाहिरी हावा नपाएको र धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको भन्ने राय डाक्टर यादवको रहेको छ ।
केही कुरामा गम्भीर सावधानी अपनाउन आवश्यक रहेको हुनाले डाक्टर जितेन्द्र प्रसाद यादवले सभापतिलाई भेट्न नख्खु कारागार पुगेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे