
काठमाडौँ, १२ बैशाख । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन्।
अन्तिम मत परिणाम अनुसार। लामिछानेले ५४१७६ मत पाए भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११२१४ मत पाएका छन्। उनीहरूबीचको मतान्तर ४२९६२ छ।
यस्तै नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन्। लामिछानेले गत मंसिर ४ को निर्वाचनमा भन्दा पनि बढी मत पाएका छन् । त्यतिबेला उनले ४९ हजार ३०० मत पाएका थिए। उनले आफ्नै रेकर्ड ब्रेक गरेका हुन्।
नागरिकता विवादमा लामिछानेको सांसद पद गुमेपछि चितवन–२ मा उपनिर्वाचन भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे