
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले पुस २ गते अर्थात मंगलबार जारी गर्नेगरी २८ दिने र १८२ दिने गरी कूल १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।
यद्यपि, केन्द्रीय बैंकले नयाँ नभएर पुरानै ट्रेजरीको नवीकरण गर्ने भएको हो । बैंकको सूचना अनुसार कुल रकममध्ये २८ दिनेका लागि ८ अर्ब रुपैयाँ र १८२ दिनेका लागि ६ अर्ब ३३ करोड रुपैयाँ नवीकरण गरिनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो २ बजेभित्र ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् । ट्रेजरी बिलको बोलकबोल दिउँसो २ बजे हुनेछ । यसअघि केन्द्रीय बैंकले मंसिर २५ गते १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे