
भण्डारा, चितवन । राप्ती नगरपालिकाको पशुपन्छी विकास शाखाले बागमती प्रदेश सरकारद्वारा संचालित उत्पादनमा आधारित दुध प्रोत्साहन अनुदान कार्यक्रममा सहभागी हुन इच्छुक दुग्ध उत्पादक सहकारी संस्थाहरूलाई प्रस्ताव पेश गर्न आव्हान गरेको छ। यो सूचना २०८१ साल माघ ५ गते प्रकाशित भएको हो।
बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि बित्तीय हस्तान्तरण शर्त अनुदान कार्यक्रम अन्तर्गत यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। सहभागी हुन इच्छुक सहकारी संस्थाहरूले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवश्यक कागजातहरू सहित नगरपालिकाको पशुपन्छी विकास शाखामा आवेदन पेश गर्नुपर्ने छ।
आवेदनका लागि तलका कागजातहरू आवश्यक छन्:
१. कार्यक्रममा सहभागी हुन संस्थाको आवेदन
२. कार्य समितिबाट दुग्ध उत्पादन लागतमा अनुदानमा सहभागी हुन गरिएको निर्णयको प्रतिलिपि
३. सहकारी दर्ता र PAN दर्ता प्रमाणपत्रको प्रतिलिपि
४. गत आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
५. बार्षिक साधारण सभाको प्रतिवेदन
६. गत आर्थिक वर्ष २०८०/८१ को बार्षिक दुध बिक्रीको परिमाण खुल्ने कृषकहरूको प्रमाणित नामावली र बैंक खाता नम्बर
७. जिल्ला दुग्ध उत्पादन सहकारी संघबाट गत आर्थिक वर्षको बार्षिक दुध संकलनको यथार्थ परिमाण खुल्ने सिफारिस पत्र
८. सम्बन्धित वडा कार्यालयबाट बार्षिक दुध संकलनको यथार्थ परिमाण खुल्ने सिफारिस पत्र
९. नगरपालिकामा सहकारी संस्था सूचिकृत भएको प्रमाणपत्रको प्रतिलिपि
आवेदन फर्म (अनुसूची २ बमोजिम) र स्व-घोषणा पत्रको ढाँचाको लागि पशुपन्छी विकास शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ।
यो सूचना नगरपालिकाको आधिकारिक वेबसाइटमा पनि अपलोड गरिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे