
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई जना नयाँ मन्त्री नियुक्त गर्नुभएको छ। उहाँले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीका रूपमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा रामजी यादवलाई जिम्मेवारी दिनुभएको हो।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, दुवै जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हुनुहुन्छ। उहाँहरूले आजै राष्ट्रपति भवनमा हुने कार्यक्रममा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने तयारी रहेको छ। यससँगै सरकारमा नयाँ मन्त्री थपिएका छन् र सम्बन्धित मन्त्रालयहरूको जिम्मेवारी सम्हाल्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे