
काठमाडौँ । निवर्तमान सांसद रामहरि खतिवडाले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गर्नुभएको छ। भेटमा खतिवडाले देशभर २३ वटा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय यथाशीघ्र लागू गर्न अनुरोध गरेका छन ।
उनले आगामी फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सुरक्षा तयारी तत्काल अघि बढाउन आग्रह समेत गरे। खतिवडाले हाल केही अराजक समूहहरूले धम्की, त्रास फैलाउने र अवाञ्छित गतिविधि बढाएको गम्भीर चासो व्यक्त गर्दै, गृह मन्त्रालयले कडाइका साथ प्रभावकारी कदम चाल्नुपर्ने जोड दिए।
उनले यस्तो अवस्थाले जनताको मनोबल कमजोर पार्न सक्ने र निर्वाचन प्रक्रियामा नकारात्मक प्रभाव पर्ने चेतावनी दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे