२५ वर्षे सेवापछि पदबाट विदा
डा. कोइरालाले गंगालाल केन्द्रमा २५ वर्ष सेवा दिएका थिए। उनले कार्यकारी निर्देशकलाई लेखेको राजीनामा पत्रमा कार्यकक्षमा कुनै पनि गोप्य कागजात नरहेको स्पष्ट गर्दै हस्तान्तरणसम्म पर्खन अनुरोध गरेका छन्।
उनको भनाइ अनुसार, “म यस केन्द्रमा कार्यरत नरहे पनि केन्द्रको प्रगति तथा भावी योजनाहरूमा सल्लाह र सुझावका लागि सधैं तयार रहने छु।”
एक्स पोस्टमा भावना पोख्दै लेखे–
राजीनामा पोस्ट गर्दै डा. कोइरालाले लेखेका छन्, “र, म तपाईंको खुच्चिङ रमाइरहेछु। एक्कासी सीप, देश, पेशा छाड्दा मन अमिलो त भो, तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ।”
“कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम,” उनले थप लेखेका छन्।
डा. कोइरालाको राजीनामा पत्रको प्रमुख अंश:
उपरोक्त सम्बन्धमा आज २८ साउन, २०८२ मा म यस केन्द्रको कार्डियोभास्कुलर विभागको विभागीय प्रमुखका साथै वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जनका रूपमा कार्यरत रहेकामा हाल व्यक्तिगत कारणले सो पदहरूमा कार्य गर्न असमर्थ रहेकाले […] म यस केन्द्रमा कार्यरत नरहे पनि केन्द्रको प्रगति एवं गगन थापा, प्रदीप पौडेल, तपाईं-हाम्रो र हाम्रा शुभेच्छुकहरूको सपना बमोजिम संघीय सरकारले यस केन्द्रलाई मुटुबाट विस्तार गरी यसै वर्षदेखि ‘शहीद गंगालाल राष्ट्रिय हृदय तथा स्नायु केन्द्र’का रूपमा देशलाई गौरवान्वित हुने मौका दिनेछ भन्नेमा विश्वस्त छु र यस्ता हरेक कार्यमा म सल्लाह सुझावका छु लागि हरदम उपलब्ध हुने नै छु।…. मिति ३० असोज, २०८२ देखि लागू हुने गरी मेरो राजीनामा स्वीकृत गरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु।
डा. कोइराला मंगलबार बिहान अमेरिका प्रस्थान गरेका थिए।








